×

यस्तो छ आजको देशभरको मौसम

images

काठमाडौं। हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मङ्गलबार १५ पुस २०८२ ०७:४५ AM मा प्रकाशित

प्रतिक्रिया