काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा केही व्यक्तिहरूले देश नै कब्जा गरिसक्यौँ भन्ने शैलीमा होहल्ला मच्चाइरहेको बताएका छन् । उनले यस्ता टिप्पणी गर्नेहरूलाई विचारविहीन, इतिहासविहीन, त्याग,तपस्या र बलिदान नभएका व्यक्तिहरूको रूपमा चित्रण गरेका छन् ।
रुकुमबाट १५ दिनको पैदल यात्रा गरी काठमाडौं पुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान तथा धन्यवाद ज्ञापन गर्न मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘सोसल मिडिया हेर्यौँ भने विचार, इतिहास, त्याग, तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके जस्तो होहल्ला छ । सहरबजारका केही मानिसहरू त्यस्तै हल्लामा रमाइरहेका छन् ।’
प्रचण्डले दशकौंसम्म लडाइँ, आन्दोलन र त्याग९बलिदानको कीर्तिमान कायम गरेका नेताहरूलाई अहिले बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए । साथै, सामाजिक सञ्जालमा होहल्ला गर्नेहरूलाई नै मुक्तिदाता भनेजस्तो गरी सहरमा हल्ला फैलाइएको उनको भनाइ छ । उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने प्रचार जनताले नपत्याएको जिकिर गर्दै नेकपा र यसको विचारप्रति जनतामा अझै आकर्षण रहेको बताए ।
प्रचण्डले यो समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को युग भएको बताउँदै यसको प्रयोगमा सचेत रहनुपर्नेमा जोड दिए । उनले भने, ‘एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्याइरहेको छ, तर यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ ।
‘अहिले सोसल मिडिया हेर्यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ उनले भने, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।’
उनीहरूले जस्तो चाहन्छन्, त्यस्तै प्रयोग हुन्छ ।’ उनले मोबाइल आफैँले चलाएको र समाचार पोस्ट गरेको जस्तो लागे पनि त्यसको एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै हातमा रहेको बताए । उनीहरूले चाहेअनुसार नै प्रणाली बनाइएको उनको दाबी छ ।
प्रतिक्रिया