×

प्रधानमन्त्री प्रचण्ड कोप–२८ सम्मेलनमा सहभागी हुन यूएई जाने

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिरमा युएई जाने भएका छन् । उनी खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा जाने भएका हुन् ।

यूएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरुको २८औँ सम्मेलनमा सहभागी हुन उनी यूएई जान लागेका छन् । 

कोप–२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ । सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने विषयमा छलफल हुनेछ । 

सोमबार १३ कात्तिक २०८० ०५:३७ PM मा प्रकाशित

प्रतिक्रिया