×

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

images

काठमाडौँ ।  कप्तान रोहित पौडेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले शतक पुरा गरेका हुन् । रोहितले १२६ बल खेल्दै आफ्नो शतक पुरा गरेका छन् ।  उनको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको छ ।

 

बिहीबार १४ कात्तिक २०८२ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया