काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।
भोलि (मंगलबार) अपराह्न ४ बजेका लागि उक्त सभाको दुवै सदनको संयुक्त बैठक आह्वान गरिएको हो ।
बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् । सोही प्रयोजनका लागि बैठक आह्वान गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा भोलि ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।
बैठक काठमाडौं नयाँबानेश्वरस्थित प्रतिनिधिसभा बैठक कक्षमा बस्नेछ ।
प्रतिक्रिया