×

समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

images

काठमाडौँ, १३ कात्तिक : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

    आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । 

आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो । 
 

सोमबार १३ कात्तिक २०८० ०६:४३ PM मा प्रकाशित

प्रतिक्रिया