×

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

images

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । 

गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन् । रसलाई एन्फाले २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनको राजीनामाको कारण भने स्पष्ट भएको छैन ।

बिहीबार १४ कात्तिक २०८२ १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया