×

इयुको प्राविधिक टोली नेपाल आउँदै

images

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ ९इयु० को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैँलगत्तै इयुको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले  यही असोजको अन्तिम हप्ता उक्त टोली नेपाल आउन लागेको जानकारी दिनुभयो । नेपालले पछिल्ला दिन हवाई सुरक्षादरमा वृद्धि गरेकाले  इयुको सुरक्षा सूचीबाट हट्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसअघि सन् २०१४ मा इयुको टोली नेपाल आएको थियो । इयुको टोली आठ वर्षपछि नेपाल आउन लागेको हो । उक्त प्राविधिक टोलीले पाँच दिनसम्म अडिट गर्ने प्रवक्ता निरौलाले जानकारी दिनुभयो । उक्त टोलीले  लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ ।
 
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को अडिट प्रतिवेदनमा नेपाल ग्लोबल एभरेजभन्दा माथि रहेकाले इयुको सो टोलीको अडिटपछि सुरक्षा सूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउने प्रवक्ता निरौलाले बताउनुभयो ।
      
यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओ ले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ ।
      
आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७०१ प्रतिशत अङ्क पाएको थियो । आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्याङ्कन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो । आइकाओले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको बताए पनि इयुले कालोसूचीबाट नेपाललाई हटाएको छैन । प्राधिकरणले पनि पटक–पटक नेपाललाई कालोसूचीबाट हटाउन माग गर्दै आएको छ ।
  
इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को गम्भीर सुरक्षा चासो ९एसएससी० को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
  
नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयुले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै उक्तसूचीमा राखेको थियो ।
 
सुरक्षासूचीबाट हट्ने आधार
  
इयुले उठाएका सुरक्षा चासोका विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयुको सुरक्षासूचीबाट हट्ने प्राधिकरणका प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अब, इयुको सुरक्षा सूचीबाट नेपाल हट्छ । हामीले हवाई सुरक्षादरमा उल्लेख्य प्रगति गरेका छौँ । अन्य धेरै कुराको सुधार भएको छ ।”
    
तत्कालीन समयमा आइकाओको अडिटमा नेपालको सुरक्षादर कम देखिएको थियो । सोहीलाई आधार मानेर इयुले नेपाललाई सुरक्षा सूचीमा राखेको थियो । पछिल्लो समय आइकाओको अडिटले पनि नेपालको सुरक्षादर माथि देखाएकाले सुरक्षा सूचीमा राखिरान्न नपर्ने प्राधिकरणको आग्रमबमोजिम इयुको टोली नेपाल आउन लागेको प्रवक्ता निरौलाले बताउनुभयो ।

“इयुले पहिला जुन इसु उठाएको थियो र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएको आइकाओले पनि पुष्टि गरेको छ । पछिल्लो हवाई दुर्घटनादर पनि घटेको छ । यही कारणले हामी इयुको सुरक्षा सूचीबाट हट्छो भन्ने आशाावदी छौँ”, उहाँले भन्नुभयो ।

इयुको सुरक्षा सूचीका कारण नेपालमा दर्ता भएका अन्तराष्ट्रिय वायुयान इयुमा उड्न पाएका छैनन् । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरुपमा प्रयोग गर्न पाउँछन् ।

उडान सुरक्षाको क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमीकमजोरीलाई निराकरण गर्न नेपालले गरेका अथक प्रयासका कारण २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात् नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।
      
आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरुपमा मूल्याङ्कन गर्छ । आइकाओले वर्गीकरण गरेको क्षेत्र हवाई कानुन, नागरिक उड्डयन सङ्गठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन छन् ।

शुक्रबार​ १४ असोज २०७९ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया