×

बिरुपाक्ष्य र बुद्ध 

images

गुरुमापा  काठमाडौँ  खाल्टोमा  एक बिबादस्पद  चरित्रको  रुपमा  किवदंतींमा  प्रस्तुत  गरिन्छ।  उस्को  जीवनमा  आइपरेका आपद विपद  उस्ले  आफैले  ल्याएको भने  होइन  तर  बिधि विधाताले  नै  कोरिदिएको दैनिकी  नत  उस्ले  सपार्न  सक्दछ  नत  अरु कसैले। त्यसैले  नचाहदा  नचाहदै  पनि  गुरुमापा  बिरुपाक्ष्य  बन्न पुग्दछ।

आफ्नो पाप पखाल्न  उसले  किमडोलमा  अवस्थित  अजिमा कमल पोखरीमा  अशी बर्षसम्म  तपस्या  गर्दछ  र  पाप मोक्ष्य  गर्दछ।  उपत्यकामा  ध्रेरै  स्थानमा  भएको  पवित्र पोखरीहरु  यसरि  विभिन्न  सत्भावले पवित्र  एवं  उपयोगी  मानिन्छ।  त्यस्ता  पोखरीहरु  वर्तमान  अवस्थामा  एकादेशको  कथा  भइदिएको छ। किम्डोल्को पोखरीमा  कमलको  फूल फुलेको यस पन्तीकारले आफैले देखि संरक्षण गर्न प्रयत्न पनि गरेकोहो। नजिकैको पाटीमा आश्रय लिई बसेकी नानीछोरी ले  यस पोखरीमा फुलेको कमलको फूल टिपेर  स्वयम्भू परिक्रमा गर्न आउने  सहरबाशीहरुलाई  सो फूल दिई  स्वागत गर्दथिन।     

भनिन्छ्की हारतिमाता अथार्थ अजिमा यो पोखरीमा स्वयम्भूबाट  स्नान गर्न  आउनु  हुन्थ्यो  र  माथिको डीलमा  बसि  भिजेको  आफ्नो  कपाल  फिजाई  सुकाउनुहुन्थ्यो। यो पोखरी बीसौं शताब्धि को अन्त तिरबाट दुइ टुक्रा पारी  माने पर्खाल बाट छुट्टाइएको  मात्र नभई  पोखरीको  अस्थित्व  समाप्त  पारिएको  देखिन्छ। 

स्वयम्भू किमडोल कै स्थाई बाशी समाजसेवि एवं स्वयम्भू व्यवस्थापन तथा संरकक्षण महासमितिका उपाध्यक्ष्य ज्ञानु लामाले  यस पंतिकारलाई बताउनु भए अनुसार एक महिला  जंगलको  कुनै  भागमा एक्लै बस्दथिन र उनका बालख छोरा  गाउँमा यता उता खेल्न लाग्दथिए। ति महिला गाउँमा यसो उसो  बोनी गरेर  जिबिका गुजक्ष्र गर्दथिन। एकपल्ट कुटी जस्तो उनको घरमा  एकजना  जोगी आई बास माग्दछ। ति नारीले पाहुना  ठानी रातको लागि  बास र  भोजन  टक्य्राइन।  जोगीले त्यस रात बिताई बिहानपख जानलाग्दा महिलालाई भने  तिम्रो भाग्य  सारै  खराव छ  " होश  गर " ।

यस कुराले नारी ज्यादै डर्याइन् र  कौतुहलबस  ु के हो, किन यस्तो  भनेको  भनि  जोगीलाई  ढिपी  गरेर  सोध्न लागिन।  जोगीले उस्को  ढिपी नकार्न  नसकेकाले  के  भने, 'भने  तिम्रो छोरा संगै तिम्रो सहबाश हुनेछ।  त्यसैले  होश गर" भनेको। यति भनि जोगी बाटो लागे। यस कुराले ति महिलालाई ठुलो आपत आउन लागेको भान हुन्छ।  यस्तो पापबाट बच्न के गर्ने  भन्ने  सोच्दा  सोच्दै  एक दिन बाहिर खेली रहेको छोरा थकित भइ सुते पछि रातो कपडाले  बेरी  एक टोकडीमा  राखी खोलामा बगाई दिन्छिन र उनि उत्तरतिरको  घना जंगलमा कसैले कतै बसेको थाहा  नपाउने  ठाउँमा कठोर जीवन  बिताउन  थालिन। 

यता बालख सुतेकै अवस्थामा बग्दै जादा बिहान पख  एक  माझीले  बग्दै आएको टोकरी देखि  जाल  हानि  उद्दार गरे र ति  सुन्दर बालकलाई  छोरा  सरि  पालि  बडाउदै  आए ।  गाउँमा आएको बालख समयक्रम संगै बढ्दै जादा साथीहरुले “ आमा बाबु नभएको  टुहुरो "  आदी  नाना भाति  शब्दद्वारा  अपहेलनागर्न लागे ।  यसरि समय  बितिरहेकोमा  बालखले एक दिन  आफ्नो रहस्य  बुझ्नको लागि माझी बाबुलाई गाउँमा , आफुलाई टुहुरा, बिचरो, पानीमा बगेर आएको , आदी नाना भाति शब्दले  गिज्याउन लागेको तर  आफुले  सहन  नसकेकोले, "म को हुँ, मेरा माता पिता को हुन् र कहाँ बाट आईपुगेको, बताई दिन जिद्दी गर्न लागे', माझीले पनि टोकरीमा  बगि आएको बालखलाई आफुले उद्धार गरि  पालेको र बालखको आमा भने सोहि बगि आएको  खोलाको  उत्तरी दिशाको घना जंगलतर्फ  लागेको तर अरु कुरा थाहा नभएको बालखलाई सुनाए।

ति बालख  त्यस पछि  आमालाई  खोज्न भनेर  सोहि खोलाको  उत्तर तर्फको  बनमा जादा जादा गरे। घना  जंगलमा बाघ भालुबाट बच्दै,  रुखको  टुप्पामा रात  बिताउदै आफुलाई  जन्मदिने नारीलाई खोज्न लागि परे। एकपल्ट रुखको  टुप्पाबाट  उन्ले  जंगलको  बिचको  घरबाट धुवाँ  आइरहेको देखेपछि बास  बस्न त्यस घरमा पुगे। घर अगाडी पुगि ढोका ढक ढकाए पछि एक नारीले ढोका खोलिदिएकाले आफु एक्लै भएको र रात परेकोले एकरात बास बस्न आएको भनि बास पाउन अनुरोध गरे। आफ्नो कुटीमा यस्तो रातमा एक युवक आई बास मागेकाले दया लागि ति महिलाले भनिन,  युवक म पनि एकलै दुख गरि यस जंगलमा बसिरहेकोले खानपानको लागि दुख होला , केहि जुराउन मुस्किल होला।  यस्तो अवस्थामा पनि चित्त बुझाउछौ भने आउ र बस  भनिन । अरु केहि उपाय नभएकाले युवक बास पाउदा खुसि हुदै भित्र पसे। जंगलको त्यस रात  एक महिला र एक पुरुष आ -आफ्ना बिगतका कुरा गर्दै बिताउदै जादा भावबेशमा आई  शाररिक निकटता बडन गई  सहबाशसम्मको  स्थितिमा पुगि आफुलाई सम्हाल्न नसकेर कामकुरो सिध्याएछन्।

यति  भैसकेपछि  मात्र  ति महिलालाई  बिगतमा जोगीले  भविष्य बाणी  गरेको सम्झना  भइ  पछ्ताउदै ति  युवकलाई सोधे , तिमि कोहौ,  किन आएको रु युवकले पनि आफु टुहुरा भएको , खोलामा  बग्दै  आउदा गाउँको माझीले जाल हानी उद्दार गरि पालेको र आमा जंगल तिर लागेको थाहा पाई  आमा  खोज्न यता आएको बताए ।  यो कुरा सुने पछि जोगीले भनेको भविष्य बाणी जसै गरेर पनि  टार्न  नसकेको र आज आएर यस्तो पाप बेहोर्नु परेकोले बिलाप गर्न लागिन।

ति युवालाई पनि वास्तविक  कुरा थाहा पाएपछि  के गर्ने  कसो गरि पापबाट मुक्त हुने चिन्ताले ग्रस्त भई स्वयम्भू गोपुछ्य पर्बतमा आई भगवान बुद्धको सरणमा परि उपाय सोध्न लागे। भगवानले पनि भावीको खेल टार्न नसकिने र पाप मोक्ष्य गर्न पूर्वमा विराजमान हुनु भएका  श्री पशुपति नाथकहाँ गई क्षमा मागी उपाए सोधी आउन सुझाए। श्रीपशुपतिनाथ ति युवा आएका बेला  भांग धतुरोमा लट्ठ परेकाले बारह धार्नी तामा पगाली नुहाए पाप मोक्ष्य हुन्छ भन्ने उल्फट्यांङ्ग जुक्ति सुनाएकाले त्यसै गर्दा 
  
चित्र १-  स्वयम्भू  महाचैत्य परिसरमा अवस्थित बिरुपक्ष्यको मूर्ति 

 
चित्र  २ - किमडोलमा अवस्थित अजिमा कमल पोखरी (गतसालको तस्बिर )

सुरुमै आफ्नो सुन्दर रुप कुरुप भएको पाएकाले रिसले मापाका भए।  ति गुरुमापा युवकले भगवान शिव संग बदला लिन  स्वयम्भू देखि पशुपति बनकाली सम्मको सबै सात  शिवलिङ्ग ढाल्दै विध्वंश गर्न लागे। यसरि  भुइखेल बिष्णुमति नदि नजिकको  एक लिङ्ग  पहिले ठाडै भएकोमा सो लिंगलाई गुरुमापाले लसार पसार गरि  ढाली लडाए। सो लिङ्ग त्यस समय देखि  जति  गरे पनि उठन  नसक्ने, उठाउदा  पनि फेरि ढली जाने  भएकोले  आज परांत पनि  ढलेस्वर महादेवका नामले सो स्थानमा देख्न सकिन्छ। 
  
चित्र ३- पशुपतिनाथको  शिरमा बुद्ध            

चित्र ४ - पशुपति परिसरमा बिरुपक्ष्य 

यसरि  उपद्रो गर्दै महादेव  छेऊ  गौशाला मा  आई पुग्दा स्वयम्भूका बुद्धले थाहा पाई ु लौ  बित्यास पर्यो , पशुपतिनाथको  लिङ्ग  पनि  ढालने हुनकी ु भनि  बायुबेगले  पशुपति  आई  महादेव को  शिर माथिको श्रीपेजमा ध्यान मुद्रामा  बसी रहे। गुरुमापा  त्यहाँ आइपुगी लिङ्ग  ढाल्न लाग्दा  आफुले  मान्दै  आएको  भगवान  बुद्ध  त्यहाँ  विराजमान  देखि  प्रभु  क्ष्यमा  पाऊ , म के गरू, पापबाट  मुक्त  हुन् पाऊ भन्दा  बुद्धले ठुल - ठुला  फलामको  चक्का  भएको १०८  माला  उसलाई दिई भन्नुभयो , तिमीले  यो माला  तब सम्म  जप  गर्दै  रहनु  जबसम्म  सबै गेडी  गलेर  जादैन्नु । यति काम सम्पन्न गर्योउ भने तिम्रो पाप पखालिने छ। 

गुरुमापाले  पनि  सो उपाएबाट आफ्नो पाप टर्छ  भने  किन  नगर्ने  भनि स्वयम्भू आई  किमडोलको  पोखरीमा बसि  तपस्या गरि  माला  जप्न  लागे , फलामको  सिक्री भएको माला हतपत  नगल्ने  भएकोले  ८० बर्षसम्म  तपस्या  गर्दै  जप गरि बसे पछी मात्र  सो  मालाको  फलामे  चक्का  गलेकोले  पाप मोक्ष्य भएको बताइन्छ। यसरि गुरुमापा बिरुपाक्ष्य भई स्वयम्भूमा महा चैत्य र अजिमाको बिचोबिच बस्दै आएको मुर्ति देख्न सकिन्छ।

पशुपतिमा भएको बिरुपाक्ष्यको मूर्ति र स्वयम्भू मा भएको मूर्तिमा भिन्नता देखिन्छ  त्यसैले यी दुई मूर्तिहरू भिन्न कालिगढले बनाएको हुन सक्ने यस पंतिकारको राय छ। कसले कसको पालामा बनेको भन्ने खोज गर्न बाँकि नै छ ।  स्वयम्भूको गोपुच्छ  पर्बतको  चारै तिर केहि समय अघि सम्म थुप्रै कुण्डहरु थिए । सरस्वति कुण्ड, पलेस्वां कुण्ड , अजिमा कमल पोखरी कुण्ड, रिङ्ग रोडमा भएको पहिलेको पोखरी ति मध्येक हुन् जुन आजको समयसम्म आइपुग्दा खतराको गाडीमा पुगी सकेको छ ।  ति सबै सम्पदाहरू त्यहि सुरक्षित हुनु पर्नेमा नानाथरी देखिन थालेको छ ।

 स्वयम्भूको अजिमा र गुरु मापा समेत यस पोखरीमा आइ स्नान गर्ने स्थान भएको किमडोल को  पुरातन  र अन्य पोखरी हराउने स्थितिमा पुग्दा अझ पनि समाल्न सके पोखरी हरु अस्थित्व मा ल्याउन सकिन्छ।  स्वयम्भू मा पनि बिरुपाक्ष को मुर्ति हुनु, वरपर घना जंगल हुनु,  पोखरी र नदि पनि नजिकै हुनु ढलेस्वर महादेव को लिङ्ग त्यहि हुनु आदि  तथ्यले पशुपति र स्वयम्भूको सम्बन्ध देखाउछ भने शिव लिंगमा बुद्धको श्रीपेज राख्ने दिन कार्तिक अस्टमीको पूजा स्वयम्भुमा पनि हुने गरेको बुझिन्छ क्ष् यी मूर्तिहरुको संरक्षण गर्नु चुनौति पूर्ण पनि छ र अनुसन्धान गर्नु पर्ने पनि देखिन्छ। यस्तै मूर्ति तिब्बतमा पनि भएको सुन्नमा आएको छ। 

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका कार्य बाहक अध्यक्ष ज्ञानु लामाको  २०७७  सालको कार्तिक २१ गते भएको असमायिक निधनले त्यस क्षेत्रमा ठूलो अभावको महशूस भएको छ। किम्डोल्को अजिमा कमल पोखरीको पछिल्लो जीरणोंद्वार २०७६  साल मा भएको र त्यहि सालको बुद्ध पूर्णिमाका दिन हामीले पून कमलको बिरुवा पोखरीमा पर्त्यापण गरेकोमा पोखरीको सौन्दर्त्या  र महत्व सबैले बुजनु जरुरी देखिएको छ।  समय समयमा बाधा अड्चन आइपरेको पाइन्छ।  समाधान भने सबै बाटै हुनु जरुरि छ। हाम्रो सम्पदा हाम्रै हो, जिम्मेदारी पनि हाम्रै हो, सबैले मनन गरि कार्यावन गर्नु पर्ने देखिन्छ ।

शुक्रबार​ १५ असार २०८० ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया