काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन सुरू गरेको छ
नेपाल बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा लामो समयदेखि न्यायापालिका कामु प्रधानन्यायाधीशको नेतृत्वमा छ । नेपाल बार एसोसिएसले बुधबार पत्रकार सम्मेलन गरी प्रधान्यायाधीश नियुक्तिका लागि दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको ठहर बारले गरेको बताए । उनले भने, ‘न्यायालयमा भन्द्रगोल हुँदा बारले टुलुटुलु हेरेर बस्न सक्दैन । प्रधानन्यायाधीश तुरुन्त नियुक्त होस् भन्ने पहिलो माग हो ।’
उनले प्रश्न गरे– सभामुख निर्वाचित हुनुपर्ने, प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने ? उनले बार अब लगभग आन्दोलनको श्रेणीमा रहेको बताए । उनले भने, ‘८–१० दिन हेर्छौं । भोलि प्रधानमन्त्रीलाई भेट्दैछौँ ।’ उनले अटोमोसन सिस्टममा लैजान चैत १४ मा कामु प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाएको भन्दै १४ दिनसम्म फुलकोर्ट नबसेको भन्दै आपत्ति जनाए ।
घिमिरेले न्याय किनबेच हुन लागेको समेत आरोप लगाए । उनले भने, ‘न्याय किनबेच हुन थाल्यो । विकृतिविहीन न्यायपालिका बनाउन आन्दोलनमा छौँ । न्यायालय सुधारको प्रतिवेदन कार्यान्वयन गरियोस् ।’
सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौलाले आन्दोलनको तयारी भइरहेको भन्दै यो आन्दोलनभन्दा पहिलाको दबाबको कार्यक्रम भएको बताए । उनले पनि तुरुन्त प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने बताए ।
प्रतिक्रिया