काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(बिहीवार) मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
बधुवार मन्त्रालयको भागबण्डा टुंगिएपछि उनी बिहीवार मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा लागेका हुन् ।
सम्वन्धित दलले मन्त्रीको नामावली बुझाउन साथ मन्त्रीपरिषद् बिस्तार हुनेछ । हाल बिभिन्न १६ मन्त्रालय खाली छन् । खाली सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाल आफैले लिएका छन् ।
गत १० पुसको सहमति भत्किएपछि प्रधानमन्त्री तत्कालिन सत्ता साझेदार दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पालैपालो मन्त्रालय छाडेका थिए ।
मन्त्रालय भागबण्डाका लागि सत्तारुढ १० दलबीच बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । सोही बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाएको हो ।
सहमति अनुसार काँग्रेसले अर्थसहित ८ मन्त्रालय पाएको छ । माओवादी केन्द्रको भागम प्रधानमन्त्रीसहित पाँच मन्त्रालय परेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको भागमा दुई–दुई मन्त्रालय परेको छ ।
बाँकी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने भएका छन् ।
प्रतिक्रिया