×

दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानता

images

काठमाडौं । काठमाडौंका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए।विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे।

उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी श्रीमती शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक(एक वटा मैनबत्ती बाले र दीर्घायुको कामना गरे। अनि दुवैजनालाई केही दक्षिणा दिए र आशीर्वाद पनि।

धर्म र संस्कृति नै भिन्न भएको देशमा पुग्दा पनि नरेशलाई नेपाल छाडेको जस्तो अनुभूति भएन। उनलाई तेहरानस्थित आफ्नो ससुराली घरमा टीका नलगाइने दशैँ मनाइरहेको जस्तो लाग्यो।

इरानी नयाँ वर्ष
'इरान पुगेर त्यस्तो कुरा पहिलो पटक देख्दा मलाई निकै नै अनौठो लागेको थियो। मलाई त इरानीहरूले पनि दशैँ नै मान्छन् कि जस्तो लाग्यो,ू उनले बीबीसीसँग भने।

इरान पुगेपछि दशैँकै जस्तो चलन भएको कुन चाड रहेछ भन्ने खुलदुली मेटाउने क्रममा नरेशले त्यो इरानी नयाँ वर्ष अर्थात् नौरोज भएको थाहा पाए।

कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग गरिने सब्जी भनिने जमरा हो। नरेशका अनुसार नौरोजमा ुसुबाट नाम उच्चारण सुरु हुने विभिन्न सातखाले चिजहरू राखेर एउटा टेबल सजाइएको हुन्छ।

त्यसलाई हाफ्सिन टेबल भनिन्छ र त्यसमा सब्जी अनिवार्य हुन्छ। तर इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन्। नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन।

संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नौरोज इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ।

दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बाङ्ग्लादेशका केही स्थानमा पनि नौरोज मनाइने युनेस्कोको आधिकारिक वेबसाइटमा उल्लेख छ।बीबीसी

बिहीबार १३ असोज २०७९ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया