×

 इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्सको लगातार दोस्रो जित

images

काठमाडौं ।  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो । पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए ।

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनाएका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो । त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए ।

यी दुईले ३७ बलमा  ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रुपमा आउट भए । त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो । जुरेल १२ बलमा २० रन जोडेर आउट भएका थिए ।

अन्तिम १६ बलमा रयान पराग र सिमरोन हटमायर नटआउट ४३ रनको साझेदारी गरे । ७ बलको सामना गरेका हटमायरले नटआउट १४ रनको जोड्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत बन्न पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे । दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान एक/एक विकेट लिए ।

शुक्रबार​ १६ चैत २०८० १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया