×

हरिबोल गजुरेलद्धारा उपराष्ट्रपति अस्वीकार

images

काठमाण्डौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । 
राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’  गजुरेलले भने।


पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको गजुरेलले बताए । ‘पहिला पार्टी बनाउनुपर्यो । पार्टी बलियो र प्रभावकारी भएमा जुनसुकै पद लिए पनि हुन्छ । अब पार्टी नै बलियो भएन भने जुनसुकै पद लिए पनि के हुन्छ र  उनले भने, ‘त्यसैले पार्टी बनाउन महाधिवेशनदेखि नै कार्यकारी भूमिका खोजेको थिए ।’


राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।


 

बुधबार १३ पुस २०७९ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया