×

बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु

images

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३ः१५ बजे सुरु भएको हो ।

मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो ।


दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिला गरि मतदान सुरु भएको छ ।

संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाले मनोनयन दर्ता गरेका छन् ।


मतदान ४ः१५ बजेसम्म चल्ने बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिए ।

संसदीय दलको नेताका लागि मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित २५ जना र समानुपातिकतर्फ निर्वाचित १२ जना गरि ३७ जना प्रदेश सांसदले मतदान गर्नेछन् ।

बुधबार १३ पुस २०७९ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया