×

कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन

images

सुर्खेत । कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो ।


सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको प्रयास असफल भएको थियो ।

तर बुधबार शर्माको नाममा सहमति जुटेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।


नवनिर्वाचन दल नेता शर्माले मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने बताए । सांसद संख्या र जनमतको आधारमा आफूहरुकै सम्भावना रहेको भन्दै उनले भने, ‘सरकारको नेतृत्व हाम्रो हुनुपर्छ भनेर नेताहरुलाई भनेका छौं ।’

यद्यपि शक्ति बाँडफाँटबारे सत्ता साझेदार दलहरुबीच केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने उनले बताए ।

बुधबार १३ पुस २०७९ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया