×

बढ्यो सुनको मूल्य

images

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मूल्य बढेर तोलाको दुई लाख ५० हजार पार गरेको छ।

शुक्रबार सुन तोलामा दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी तीन हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार सुन २२ सय रुपैयाँले बढेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी तोलामा तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो।
 

शुक्रबार​ १३ मंसिर २०८२ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया