×

भँगाहामा अनिश्चितकालीन कर्फ्यू

images

महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कफ्र्यू जारी भएको छ । विहीबार भंगहा नगरपालिका–८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कफ्र्यू आदेश जारी गर्दै साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जानकारी गराएका छन् । उनले शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कफ्र्यू आदेश जारी गरिएको बताएका छन् ।

प्रशासनको जारी आदेशमा भनिएको छ, ‘उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासनको ऐन, २०२८ को दफा ६ क बमोजिम मिति २०७९-०७-१० गते ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमको चारकिल्ला भित्र कफ्र्यू आदेश जारी गरिएको छ ।’

शुक्रबार​ ११ कात्तिक २०७९ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया