सिड्नी । ट्वान्टी ट्वान्टी विश्वकपको सुपर–१२ को ग्रुप–२ मा बिहीबार दुई छिमेकी तथा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानले फरक फरक नतिजा बेहोरेका छन् । भारतले नेदरल्यान्ड्सलाई सजिलै ५६ रनले हरायो । त्यही पाकिस्तान भने जिम्बावेसँग रोमाञ्चक खेलमा एक रनले पराजित रह्यो ।
यो नतिजाले भारतको सेमिफाइनल पुग्ने सम्भावन जहाँ बलियो भएको छ, त्यही पाकिस्तानको उत्तिकै कमजोर भएको छ । लिग तालिकामा भारत दुई खेलबाट दुई जितसहित चार अंकमा शीर्ष स्थानमा छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई नै हराएको थियो । लगातार दोस्रो हारपछि पाकिस्तान भने विना कुनै अंक पाँचौं स्थानमा रह्यो ।
नेदरल्यान्ड्सको पनि कुनै अंक छैन् । जिम्बावे भने तीन अंकमा तेस्रो स्थानमा छ । यी दुई टिमबीच दक्षिण अफ्रिका तीन अंकमै दोस्रो स्थानमा छ । जितका लागि १ सय ३१ रनको लक्ष्य पाउको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । उसलाई जितका लागि अन्तिम ओभरमा ११ चाहिरएमा त्यसलाई हात पार्न सकेन् ।
टस जितेर पहिले ब्याटिङमा ओर्लेको जिम्बावेले आठ विकेटमा १ सय २० रन बनाएको थियो । त्यस अगाडि भारतले दुई विकेटमा १ सय ७९ रन बनाएको नेदरल्यान्ड्सले जवाफमा १ सय २३ रन मात्र बनाउन सक्यो । दिनको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले सजिलै हरायो । जवाफमा बंगलादेशले १ सय १ रन मात्र बनाउन सक्यो । बंगलादेश दुई अंकमा चौथो स्थानमा छ ।
प्रतिक्रिया