×

अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

images


अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ ।

एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित हुनुभएको हो । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका हनुहुन्छ भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका हुनुहुन्छ । 

अधिकारीले ५४ मत प्राप्त गर्नुभयो भने धिमालले ४७ मत प्राप्त गर्नुभयो । सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गर्नुभयो । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित हुनुभएको थियो । 

उक्त निर्वाचनमा चारजनाकै समान ३९ भोट आएको थियो जसको कारण दुई सदस्यको टुङ्गो लागेको थिएन । यी दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।  यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित हुनुभएको थियो ।

बुधबार १२ असोज २०७९ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया