×

तनहुँमा आन्तरिक दु्रत डाँक सेवा सञ्चालन गरिँदै

images


जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक ९इएमएस० सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

विभागले तनहुँलगायत स्याङ्जा, पर्वत र कास्कीमा पहिलो चरणमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालनका लागि परिपत्र जारी गरेको छ । हुलाक सेवालाई प्रतिस्पर्धी, छिटो–छरितो प्रभावकारी बनाउने उद्देश्यले इएमएस सेवा सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।
 
सामान्यतया तीन दिनभित्र डाँक प्राप्त हुने र सोही दिनमा दमौली बजार क्षेत्रमा डाँक वितरण गर्न सञ्चार तथा प्रविधि मन्त्रालय हुलाक सेवा विभागबाट परिपत्र भएबमोजिम सेवा सञ्चालनमा ल्याउन लागिएको कार्यालयका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिनुभयो । आएको डाँक दर्तासहित सोही दिनमा वितरण गर्ने तयारीसहित यो सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
 
“केही समयभित्र आवश्यक तयारीका साथ आन्तरिक डाँक सेवा प्रवाह गर्न लागिएको छ । आन्तरिक द्रुत डाँक सेवामार्फत पठाइएका डाँक प्रापकले उही दिनमा प्राप्त गर्न सक्छन्”, प्रमुख भट्टराईले भन्नुभयो । विगतमा आन्तरिक इएमएस र वैदेशिक इएमएस सञ्चालनमा थियो । तर दर्तासहितको इएमएस सेवा प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।
 
इएमएसमार्फत पठाइएका डाँक पुगेको स्थानका कार्यालयमार्फत सोही दिन सेवा प्रवाह गर्न यो सेवा सञ्चालन गरिएको भट्टराईले बताउनुभयो । प्राप्त डाँकलाई सम्बन्धित सङ्घसंस्था तथा निकायलाई छिटो र छरितो सेवा प्रवाह गर्न यो सेवा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । 

पहिलो चरणमा तनहुँ, म्याग्दी, पवर्त र कास्कीमा यो सेवा सञ्चालनमा आएको हो । इएमएस सेवा काठमाडौँ, कास्कीमा यो सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । आन्तरिक डाँकको महसुल पहिलो ४० ग्रामसम्म एकमुष्ट रु ७०, त्यसपछि थप २० वा अंशको दुई किलोग्रामसम्म रु १५ रहेको उहाँले बताउनुभयो । “दुई केजीको दर्ता गरिन्छ । त्यसभन्दा माथिका डाँक रजिष्ट्री पुलिन्दा ९पार्सल०को रुपमा दर्ता गरी पठाइन्छ”, उहाँले भन्नुभयो । 

बुधबार १२ असोज २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया