×

म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार

images

काठमाडौँ । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा  एटलेटिकोले रियललाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जित जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोबिन ली नोरमाण्ड, एलेक्जेन्डर सोरीओथ र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।

त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा रियल म्याड्रिडको पहिलो हार हो । यो हारपछि रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ । त्यस्तै एटलेटिको म्याड्रिडको यो जितपछि ७ खेलमा १२ अंक भएको छ र चौथो स्थानमा रहेको छ ।

आइतबार​ १२ असोज २०८२ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया