×

विराटनगरमा पहिचानवादीहरूको प्रदर्शन, १३ जना पक्राउ

images


काठमाडौं । विराटनगरमा आइतबार बिहानैदेखि धरपकड भएको छ। पहिचानको आधारमा प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रशासनले धरपकड सुरु गरेको हो। कोशी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । आन्दोलनमा उत्रिएका लिम्बुवान भोलिन्टियर्सका १३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

प्रदेश सभालाई लक्षित गरेर प्रशासनले विराटनगर क्षेत्रमा निषेधाज्ञा पनि जारी गरेको छ। तर, आन्दोलनकारीहरूले बिहानैदेखि त्यसको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन्। गत पुस १७ गते प्रदेश सभा बैठकले कोशी प्रदेश नामकरण गरेको थियो।
 

आइतबार​ १४ जेठ २०८० १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया