×

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

images

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३–२४ गते भएको आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरेका हुन् ।

कांग्रेसले आन्दोलनका क्रममा भएको हिंसा, सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोग र त्यसमा संलग्न जुनसुकै ओहदा, राजनीतिक पहुँच भएका व्यक्ति, सांसद तथा निकायमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट पारेको छ ।

विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अस्पष्ट रहेको दाबी कांग्रेसले गरेको छ । कांग्रेसले स्वयं कार्कीमाथि नै सूक्ष्म अनुसन्धान गर्नुपर्ने मागसमेत अघि सारेको छ । आम निर्वाचनको ठीक अगाडि उक्त प्रतिवेदन लुकाइनुमा नियोजित उद्देश्य रहेको कांग्रेसको आशंका छ ।

बिहीबार १४ जेठ २०८३ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया