×

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले आज शपथ लिँदै

images

लुम्बिनी- लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिदैछन्। 

कांग्रेस लुम्बिनी संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। उनले आफ्नो शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी गरेका छन्।  

बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ  खुवाउने कार्यक्रम छ। स्रोतका अनुसार माओवादी केन्द्रका एक सांसद र अन्य दुई दलका थप दुई गरी तीन मन्त्रीले आज शपथ लिँदैछन्। 

माओवादीबाट धनबहादुर मास्की आर्थिक मामिला मन्त्रालयसहित प्रदेश सरकारमा सहभागी हुने निश्चितकरिब छ।  अन्य दुई मन्त्रीको भने टुङ्गो लागिसकेको छैन। लोसपा,नागरिक उन्मुक्ति र जनमत मध्ये दुई पार्टीका दुई जनालाई सरकारमा लैजाने तयारी छ।  यहाँ नेपाली कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ।

८७ सदस्य लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका  ४ – ४ , जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३ – ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ – १ र स्वतन्त्रबाट १ सांसद छन् । 

शुक्रबार​ १५ बैशाख २०८० ०९:१२ AM मा प्रकाशित

प्रतिक्रिया