×

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारबाट समिति गठन 

images

 

 

 


काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयका सह सचिव रुद्रादेवी शर्माको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो । 

समितिले आजै(मंगलवार) नै पीडितसँग वार्ता गर्दैछ । वार्तापछि आवश्यक निर्णयका लिन आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । 
सरकारले पीडितहरुका समस्या समाधानका लागि कानूनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ । 

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ ।  

पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए । 

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
 

 

मङ्गलबार १४ चैत २०७९ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया