काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलक्षेत्रलाई सक्षम भएमात्रै राष्ट्र सवल हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित च्यासल फुटबल मैदानको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई विकास गर्न सके समाजमा अनुशासन मर्यादा र संस्कृति स्थापीत हुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने बताएका हुनु ।
उनले खेल क्षेत्रको बजेट बढाउन पहल गर्ने समेत बचन दिए ।
उनले भने ‘खेल क्षेत्रलाई जति विकास गर्न सवल र सक्षम बनाउन सक्यो त्यतिनै समाजमा अनुसाशन मर्यादा र संस्कृति स्थापित हुने र सिङ्गै राष्ट्र पनि सवल रुपमा अगाडि बढ्ने आधार निर्माण हुने कारण यस क्षेत्रमा विगतको बजेट व्यवस्था निकै कम हुने गरेको छ आउँने बजेटमा यस क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढि बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्छु । ’
प्रतिक्रिया