×

प्रतिनिधिसभा बैठक आइतवार बस्दै, विमस्टेक वडापत्र अनुमोदनका लागि संसद्‌मा पेश गर्ने 

images

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतवारका लागि आह्वान गरिएको छ । उक्त सभाको बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । 

बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ । 

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार काठमाडौं आउँदैछन् । उनले कातिक १४ गते संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शुक्रबार​ १० कात्तिक २०८० ०६:५६ PM मा प्रकाशित

प्रतिक्रिया