काठमाडौं । विमस्टेक वडापत्र अनुमोदनका लागि प्रतिनिधि सभामा पेश हुने भएको छ ।
प्रतिनिधि सभाको बैठक पर्सि १२ गते आइतबार दिउँसो एक बजे बोलाइएको छ ।
बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार काठमाडौं आउँदैछन् । उनले कातिक १४ गते संघीय संसदको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया