×

सूचीकृत नभएका धानमा दाना नलाग्ने समस्या

images


जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समसया देखिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो,“सूचीकृत नभएका धान र २५ वर्ष पुराना धानको जात लगाउने गर्दा धान पसाए पनि दाना नलाग्ने समस्या देखिएको छ ।” अहिले जिल्लामा सावित्री धान र भारतबाट आयातित चन्दन धानमा समस्या देखिएको हो । चन्दन धान सरकारको सूचीकृत धान नरहेको उहाँले जानकारी दिनुभयो । 


थापाका अनुसार जिल्लामा लगाइएको धानको ३० प्रतिशतमा समस्या देखिएको हो । कीराको समस्यासँगै धानमा दाना नलाग्ने समस्या देखिएको हो । सूचीकृत नभएका जात जिल्लाका विभिन्न एग्रोभेटले किसानको सम्म पु¥याउँदा समस्या आएको उहाँले बताउनुभयो । धान पसाउने समयमा पानी पर्दा परागसेचनसमेत हुन नसकेका कारण धान पसाए पनि दाना लाग्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । जिल्लामा उत्पादनमा १० देखि १५ प्रतिशत गिरावट आउने अनुमान गरिएको थापाले बताउनुभयो ।
 
 किसानको खेतमा अहिलेको धानमा शीत ब्लाइट ९पातको फेद डडुवा०, नेक ब्लाष्ट ९घाँटी मरुवा०, ह्वाइट फ्लाइ९सेतो झिङ्गा०, युरिया र पोटासको कमीका कारण पहँेलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको छ । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।

जिल्लामा २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफल धानखेती गरिएको छ । धानमा समस्या देखिएपछि आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत विषादी वितरण गरी रोग नियन्त्रणका लागि काम गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय बीउको प्रयोग र प्राविधिकको सल्लाहा अनुसार धान लगाउनुपर्ने उहाँले बताउनुभयो ।

मङ्गलबार ११ असोज २०७९ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया