काठमाडौँ । राष्ट्रिय यू-२० महिला फुटबल टोलीको अन्तिम टोलीको घोषणा गरिएको छ। टोलीले अगस्ट ६ देखि ११, २०२५ सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियाली कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
नेपाललाई छनोटमा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग समूहमा राखिएको छ । एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरिएको हो ।
नेपली टिम:
गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।
फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।
प्रतिक्रिया