काठमाडौं । त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा भइरहेको छ ।
प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर कम्पनीहरूसँग झण्डै ९७ करोड रूपैयाँको ठेक्का सम्झौता अनुसार काम अन्तिम चरणमा पुगेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेका थिए ।
तोकिएको मितिभन्दा ढिलो भएपछि सम्झौता अनुसार दैनिक करिब २ लाख रुपैयाँ हर्जना तिर्नुपर्ने व्यवस्था गरिएको छ । ठेकेदार कम्पनिले हाल असार ३० देखि दैनिक करिब २ लाख जरिवाना तिरेर काम गरिरहेका छन् ।
प्रतिक्रिया