×

क्रिकेटर सन्दिप विरुद्धको मुद्या पेशी आज, आजै फैसला आउन सक्ने  

images


काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्याको आज(सोमवार) पेशी तोकिएको छ ।  अदालतको नियमित कार्यसूची अनुसार उनी विरुद्धको मुद्या सम्वन्धमा आज पेशी तोकिएको हो । उनी विरुद्ध  जिल्ला अदालत काठमाडौंमा जबरजस्ति करणी मुद्या बिचाराधिन छ ।

अदालतले दुवै पक्षको बयान र आवश्यक प्रमाण बुझिसकेको हुँदा मुद्यामा आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।  १७ वर्षीय बालिका बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए ।

पुर्पक्षका लागि कारागार चलान भएका उनीलाई उच्च अदालत पटकले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । सन्दीप विरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् । 

सोमबार १३ चैत २०७९ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया