×

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता 

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच आज(सोमवार) भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईबीच भेटवार्ता भएको हो । 
भेटका क्रममा प्रतिनिधि सभा नियमावली ०७९ संशोधनका बिषयमा छलफल भएको छ । संशोधन मस्यौदा अहिले प्रतिनिधि सभामा विचाराधिन छ । मस्यौदा संशोधनका निम्ति संसदमा सहभागि दलले संशोधन प्रस्ताव राखेका छन् । सत्ता गठवन्धनसँग आवद्ध राजीतिक दल सभामुखको अधिकार कटौती गर्ने पक्षमा छन् । प्रतिपक्षी दल एमाले यसको विपक्षमा छ । मत विभाजन हुँदा  संसद्मा सत्ता गठवन्धनको बहुमत पुग्छ । त्यसो हुँदा सभामुख घिमिरेले राजनीतिक दलसँगको छलफललाई तिब्र पारेका छन् । सभामुख घिमिरले आइतवार पनि संसद् भवनस्थित शंकर हलमा बिभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए  । 
भेटका क्रममा सदनका कामकारबाही प्रभावकारी बनाउने, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने र संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएका
 

सोमबार १३ चैत २०७९ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया