×

कविता: सबथोक भएर पनि म केहि होइन

images

म सुख हुँ
म नै दुख हुँ
जीवनको घात प्रतिघात म नै हुँ
अर्थात म मुक्ति हुँ

म आँसु हुँ
म नै हाँसो हुँ
जीवनको घामछाँया म नै हुँ
अर्थात म खुमारी हुँ

म प्रतिमा हुँ
मनै चन्चल हुँ
जीवनको छाल र शुन्य म नै हुँ
अर्थात म सर्वत्र हुँ

म ढुङ्गा
म नै शिला हुँ
म मान्छे अर्थात ईश्वर हुँ

सबथोक भएरै म केहि होइन।
                                                 पोखरा

शुक्रबार​ १३ माघ २०७९ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया