काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३२२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३२०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया