×

मलेसियामा ट्रम्पविरुद्ध नाराबाजी

images

काठमाडौँ । मलेसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी भएको छ ।

ट्रम्पको विरुद्ध गर्दै मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको थियो । प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराएका थिए र 'ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन' लेखिएको ब्यानर अगाडि प्रदर्शन गरेका थिए । ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् ।

मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो सीमा विवादमा 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन् ।

आइतबार​ १० कात्तिक २०८२ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया