×

सत्य तथ्य नबुझी म माथि झुट्टा आरोप लगाइयो  : सन्दीप लामिछाने

images


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सत्य तथ्य नबुझी आफूमाथि जाहेरी दिएको आरोप लगाएका छन् । अदालतले पक्राउ पूर्जी जारी गरेपछि गुमनाम जस्तै भएका लामिछानेले आइतबार राति सामाजिक सञ्जाल फेसबूक मार्फत सत्य तथ्य नबुझी आफूमाथि झुट्टा जाहेरी दिएको आरोप लगाएको भनेर लेखेका छन् । 

नाबालिग जबरजस्ती करणी मुद्दाका आरोपी लामिछानेले आफूविरुद्ध गत भदौ २१ गते परेको जाहेरी भदौ २२ गते थाहा पाएको उल्लेख भन्दै लेखेका छन्,

‘म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।’

लामिछानेले आफू मानसिक रुपमा कमजोर भई चिकित्सकको परामर्श लिइरहेको बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई आईसोलेशनमा राखेर बसेको छु । झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

सोमबार १० असोज २०७९ ०८:५० AM मा प्रकाशित

प्रतिक्रिया