नेपाल माल्दिभ्ससँग पराजित

    images


    साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

    माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

    प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ ।

    सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । 

      सोमबार १० असोज २०७९ ११:३८ AM मा प्रकाशित

      प्रतिक्रिया