×

जन्मेका प्रतिहजार शिशूमा मृत्यू हुने दर ३३, बाल मृत्यूदरमा ६३ प्रतिशतले कमी  

images


 
काठमाडौं । नेपालमा बाल मृत्यू दर उल्लेख्य मात्रामा घटेको छ । जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ ले गरेको अध्ययन अनुसार प्रति हजार जीवित जन्ममा अहिले मृत्यू दर ३३ मा झरेको छ । सन् ००१ मा यो दर ९१ थियो । 

तथ्यांक विश्लेषण गर्दा २१ वर्षमा बाल मृत्यू दर ६३.७३ प्रतिशतले घटेको छ । त्यस्तै, जन्मको वर्ष दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । तथ्यांक अनुसार सन् ००१ मा वर्ष दिन भित्र प्रति हजार ६४ शिशूको मृत्यू हुन्थ्यो । सन् ०२२ मा यो दर घटेर २८ पुगेको छ । जन्मेको २८ दिनभित्र मृत्यू हुने शिशूको दर पनि घटेको छ । सन् ००१ मा जन्मेको २८ दिनभित्र प्रति हजार ३५ शिशूको मृत्यू हुन्थ्यो । यो दर घटेर सन् ०२२ मा २१ मा आईपुगेको छ । 

जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ०२२ को तथ्यांक समेटेर जागृत बाल तथा युवा सरोकार नेपालले ‘नेपालमा बाल पोषणको अवस्था ०७९’ नामको पुस्तक नै प्रकाशन गरेको छ । शुक्रवार सार्वजनिक भएको पुष्तकमा बालबालिकामा देखि पुड्कोपन पनि घटेको देखाइएको  छ । तथ्यांक अनुसार सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा पुड्कोपनको दर ५७ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा २५ प्रतिशतमा आइपुगेको छ । 

त्यस्तै, पाँच वर्ष मुनिका बालबालिकामा ख्याउटेपनको दर पनि घटेको छ । सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा ख्वाउटेपनको दर ११ प्रतिशत थियो । यो घटेर सन् ०२२ मा ८ प्रतिशतमा आइपुगेको छ । तथ्यांक अनुसार पाँच वर्ष मुनिका बालबालिका कम तौलको दर पनि घटेको छ । सन् ००१ मा पाँच वर्ष मुनिका बालबालिकामा कम तौलको दर ४३ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा १९ प्रतिशतमा आइपुगेको छ । 
तथ्यांक अनुसार नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा रक्तअल्पता दर ४३ प्रतिशत रहेको छ । 

तथ्यांक विश्लेषण गर्दा शिशूलाई ६ महिनासम्म स्तनपान गराउने दर भने घट्दै गएको छ । सन् ००१ मा ६ मिहनासम्मका शिशूलाई पुर्ण रुपमा स्तनपान गराउने दर ६८ प्रतिशत थियो । यो दर घटेर सन् ०२२ मा ५६ प्रतिशतमा आइपुगेको छ ।
पुस्तकमा उल्लेखित विवरण अनुसार सबैभन्दा धेरै पुड्कोपन मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन छ । त्यस्तै, १० प्रतिशतमा बालबालिकामा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो । 
बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ ।
सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ । यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु (प्रति १००० जीवित जन्ममा) सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ । 

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ । समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।

जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए । उनले भने,‘हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ । हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौं ।’

खाद्य अधिकारका लागि राष्ट्रिय संजाल संयोजक विदुर सुवेदीले सन्तुलित पोषणका लागि खानामा स्थानीय उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए । उनले भने,‘पत्रुु खानालाई निरुत्साहन गर्नु पर्छ । हामीले हाम्रा पुरानोे खानपानको आनिबानिलाई पुनः सुरु गर्नुपर्छ । यसतर्फ अभिभावकको चेतना बढाउन आवश्यक छ । स्थानीय सरकारलाई यस बिषयमा जिम्मेवार बनाउन आवश्यक छ ।’ 
 

आइतबार​ १२ चैत २०७९ ०९:५१ AM मा प्रकाशित

प्रतिक्रिया