काठमाण्डौँ। सत्तारुढ गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले नयाँ बन्न लागेको गठबन्धनको बारेमा तत्काल प्रतिक्रिया नजाउने भएको छ ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस प्रधानमन्त्री दिन तयार नभएको भन्दै नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल अघि बढाएको अवस्थामा एकीकृत समाजवादीले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
अहिले नयाँ रुपमा सुरु भएको छलफलको निष्कर्ष के निस्कन्छ । त्यसपछि मात्रै हाम्रो धारणा बन्छ ५ बजेसम्म समय छ त्यसअघि किन धारणा बनाउनु प्रवक्ता जगन्नाथ खतिवडाले भने, गठबन्धनमा हुन्जेल वा मेल हुँदासम्म त्यसलाई जोगाउन र सहयोग गर्नका लागि हामी लागेका थियौं । गठबन्धन ब्रेक भएपछि स्वतन्त्र भएका छौं ।
नयाँ गठबन्धन बनाउने विषयमा कुनै पनि पक्षले सम्पर्क नगरेको खतिवडाले बताए । बैठक बसेर केही धारणा ल्याउँछौुं खतिवडाले भने ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी १६ महिनाअघि गठन भएको हो। १० सिट जितेको सो दलले राजनीतिक दलको हैसियत बनाएको छैन ।
प्रतिक्रिया