×

वीरगञ्जमा धार्मिक सद्भाव  र्‍याली निकालिँदै

images

वीरगञ्ज, ८ असोज-  मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव ¥याली निकाल्न लागिएको छ । 
    
 वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज यहाँ धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी गरिएको छ । केहीबेरमा वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निस्किने धार्मिक सद्भाव ¥यालीमा सहभागी हुन राजनीतिक दल, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायत सबैपक्षसँग महानगरपालिकाले अपिल गरेको छ ।

 सर्लाहीको मलङ्गवामा दुई पक्षबीचको विवादका कारण वीरगञ्जमा पनि बन्द, हडताल र प्रदर्शन हुन थालेपछि सामाजिक सद्भाव कायम राख्न धार्मिक सद्भाव ¥याली निकाल्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यसअघि जिल्ला प्र्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकमा सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको थियो । 
    
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्तिसुरक्षा, अमञ्चयनमा असर पर्नेगरी धार्मिक एवं सामुदायिक प्रकारको  र्‍याली, जुलुश, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । 

सोमबार ८ असोज २०८० १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया