×

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

images

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी छन् । कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

राष्ट्रका नाममा सम्बोधन अघि आजै मन्त्रिपरिषद्को बैठक पनि बस्ने भएको छ । मन्त्रिपरिषद्को विस्तारपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

 

बिहीबार ९ असोज २०८२ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया