×

भारतको जीएसटी कटौतीको सकारात्मक असर, एकै दिन बिक्री भए ५१ हजार कार

images

काठमाडौँ । भारतमा सेप्टेम्बर २२ मा लागू भएको नयाँ जीएसटी करको सकारात्मक असर देखिन थालेको छ । विशेष गरि अटोमोबाइल क्षेत्रमा कारको मूल्य चार वर्ष अघिको स्तरमा पुगेपछि कम्पनिहरुले धमाधम कार बिक्री गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

जीएसटीको नयाँ दर लागु भएको पहिलो दिन शीर्ष तीन अटोमोबाइल कम्पनीहरू मारुती, हुन्डाई र टाटा मोटर्सले नवरात्रिको पहिलो दिन ५१ हजारभन्दा बढी कार बिक्री गरेको रिपोर्टमा उल्लेख छ । थप रूपमा, कम्पनीहरूले १० प्रतिशतभन्दा बढीको उत्सव छुट प्रदान गरेपछि कारको मुल्यमा कमि आएको र उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् ।

मारुतीले ३० वर्षको बिक्री रेकर्ड तोड्यो

सेप्टेम्बर २२ मा मारुतीले लगभग ३० हजार कार बिक्री गरेको छ भने ८० हजारले सवारी साधनको विवरणको बारेमा सोधपुछ गरेको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार यो पछिल्लो ३० वर्षमा सबैभन्दा राम्रो प्रतिक्रिया हो । साना कारको मूल्य १०-१५ प्रतिशतले सस्तो भएको छ, जसले मध्यमवर्गीय परिवारहरूलाई शोरूम सम्म ल्याएको धेरैको बुझाई रहेको छ ।

हुन्डाईले ५ वर्षको बिक्री रेकर्ड तोड्यो

नवरात्रिको पहिलो दिन हुन्डाईले लगभग ११ हजार कार बेचेको छ, जुन पछिल्लो पाँच वर्षमा यसको एकल-दिनको रेकर्ड हो । कम्पनीका अनुसार, ग्रान्ड आई १० निओस र क्रेटाको माग सबैभन्दा बढी देखिएको थियो ।

टाटाले पहिलो पटक एकै दिनमा १० हजार कार डेलिभर गर्‍यो

टाटाले पहिलो पटक एकै दिनमा १० हजारभन्दा बढी कार डेलिभर गरेको बताएको छ । नेक्सन र पन्च जस्ता एसयूभी मोडेलहरूको माग सबैभन्दा बढी देखिएको थियो । टाटाका प्रवक्ताले यो सुरुवात मात्र भएको र आगामी दिनहरूमा बिक्री अझ बढ्ने बताए ।

जाटो डाइनामिक्सको विश्लेषण अनुसार, गत महिना अगस्टमा सवारी साधनहरूमा औसत छुट ९.३ प्रतिशतले बढेर ४५ हजार ३९१ भारु पुगेको छ, जुन गत वर्षको अगस्टमा ४१ हजार ५१४ भारु रहेको थियो । यसको अर्थ कार कम्पनीहरूले गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशत बढी छुट दिइरहेका छन् ।

ह्याचब्याक सवारी साधनहरूमा छुट १०२ प्रतिशतले बढेको छ । यसले ह्याचब्याक खण्डमा तीव्र प्रतिस्पर्धालाई संकेत गर्छ, जसले गर्दा निर्माताहरूले बढी छुट प्रस्ताव गरिरहेका छन् । यसको विपरीत, सेडान, एसयूभी र एमपीभीहरूमा दिइने औसत छुटमा गिरावट आएको छ । सेडानहरूले प्रोत्साहनमा ४१.७ प्रतिशतके कमी देखिएको छ ।
भारतीय कम्पनीहरूले चार कारणले कारमा उच्च छुट प्रदान गरिरहेको विश्लेषण गरिएको छ ।

पहिलो, नवरात्रले चाडपर्वको मौसमको सुरुवातलाई संकेत गर्छ र यी नौ दिनहरूमा कार किन्नु शुभ मानिन्छ । दोस्रो, यस वर्ष जनवरीदेखि जुनसम्म २२ लाख सवारी साधन बिक्री भएका थिए । बिक्री केवल १.४ प्रतिशतले बढेको छ भने कम्पनीहरू बिक्री बढाउन दबाबमा छन् ।

तेस्रो अगस्टमा, कम्पनीहरूसँग ५६ दिनको इन्भेन्टरी थियो, जबकि २१ दिनको इन्भेन्टरी उद्योगको लागि आदर्श मानिन्छ । त्यस कारणले पनि कम्पनिहरुले धेरै छुट दिएर कार बिक्री गरिरहेका छन् । 

चौथो, पेट्रोल सवारी साधनहरूमा छुट १४ प्रतिशतले बढाएर ४४ हजार ७३३ भारु र डिजेल सवारी साधनहरूमा ३२.५ प्रतिशतले घटाएर ४५ हजार ८८७ मा पुर्‍याइएको छ ।

 

बिहीबार ९ असोज २०८२ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया