एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो ।
त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप–२०२३ मा छनोट हुने छन् ।
प्रतिक्रिया