×

सीमा क्षेत्रका पम्पले विद्युतीय प्रणालीबाट भुक्तानी लिनुपर्ने

images

काठमाडौं । नेपाल आयाल निगमले भारतीय सीमाबाट २ किलोमिटर भित्र नेपालतर्फका भू-भागमा पेट्रोलियम पदार्थको खरिद बिक्रीमा नगद कारोबार निषेध गर्ने भएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो रहेका कारण अपचलन हुन सक्ने जोखिम बढेको भन्दै यस्तो तयारी थालिएको निगमले जनाएको छ ।

एक महिनामा कार्यन्वयनमा आउने यो नीति पछि ती क्षेत्रमा विद्युतीय माद्यमबाट मात्रै इन्धन खरिद बिक्रीको भुक्तानी हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगम सञ्चालक समितिको निर्णयबाट सीमा क्षेत्रका २ किलोमिटर नेपाल भित्रका सबै पम्पहरुमा इन्धन खरिद बिक्री बिद्युतीय प्रणालीबाट मात्रै गर्ने गरी व्यवस्था मिलाउन मातहतका डिपोलाई निर्देशन भएको निगमका प्रवक्ता उपाध्यायले बताए ।

‘हामीले निगमका सबै प्रादेशिक डिपोलाई डिजिटल भुक्तानीको प्रणालीको व्यवस्था मिलाउन निर्देशन दिएका छौं, एक महिना भित्र बिद्युतीय कारोबार हुनेगरी काम अघि बढाउने लक्ष्य छ,’ प्रवक्ता उपाध्यायले भने ।

भारतमा भन्दा नेपालतर्फ सीमा क्षेत्रमा अहिले डिजेल तथा पेट्रोलमा कम्तिमा १२ देखि ३० रुपैयाँसम्म प्रतिलिटर सस्तो रहेको निगमले जनाएको छ । विद्युतीय भुक्तानीबाट इन्धन खरिद बिक्रीको काम गर्दा बिक्रीको स्रोत पहिचान गर्न सजिलो हुने निगमको अनुमान छ ।

 

शुक्रबार​ १३ फागुन २०७८ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया