×

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

images

पूर्व राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो (शुक्रबार) यहाँ आइपुगेका थिए ।  जानकी मन्दिरमा पूर्व राजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो ।

मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिपूजा पाठपछि उनी यात्री निवास गएका थिए ।

शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।


 

शनिबार ९ पुस २०७९ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया