×

सेपाकताक्रो टोली बंगलादेश जाँदै

images

काठमाडौं । बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित २५ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

प्रतियोगिता डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने छ । नेपाली पुरुष टोलीले ३ तथा महिला टोलीले २ स्पर्धा सहभागिता जनाउने छन् । पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्ने छन् ।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका  छन् । महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन् । 

शनिबार ९ पुस २०७९ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया