×

बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

images

 दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा २ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको थियो । उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।

सोमबार ७ कात्तिक २०७९ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया