×

गठबन्धनको नाटकीय केन्द्र

images

काठमाडौं। संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन । त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा रहँदै आएको छ ।

त्यसको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन् । यस क्षेत्रको चर्चा उनकै वरिपरि घुमेको छ । चितवन दाहालको गृहजिल्ला हो ।

पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं १० बाट जितेका दाहाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा काठमाडौं १० र सिरहा ५ बाट लडेका थिए । त्यसबेला उनले काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहाबाट जिते। तर उनको त्यो जितलाई ‘सन्देह’का रूपमा हेरिन्छ ।

यसरी गृह जिल्लाबाहिरको निर्वाचन ‘डरलाग्दो’ हुँदै गएपछि दाहालले २०७४ मा चितवन फर्कने मनशाय बनाए । चितवन पनि ‘सुरक्षित’ थिएन। जित सुनिश्चितताका लागि नेपाली कांग्रेस वा नेकपा एमालेसँगको तालमेल गर्ने जुक्ति उनले निकाले । जुन नेपाली राजनीतिमा खासै अभ्यास थिएन । २०७४ को स्थानीय निर्वाचनमा भने राप्रपा र एमालेले आंशिक स्थानमा तालमेल गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सोमबार ७ कात्तिक २०७९ १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया